Aamsanchar

कुवेत हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान

Author Image
आइतवार, चैत ८, २०८२

काठमाडौं –  कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो ।

हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ ।

साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको हो ।

यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै पठाइएको थियो ।

कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया जारी छ ।

यस प्रयोजनका लागि कुवेत र कतारमा रहेका नेपालीहरूलाई ट्रान्जिटका लागि साउदी भिसा लिन आग्रह गरिएको थियो । सोही अनुसार प्रभावित यात्रुहरूले अनलाइनमार्फत भिसा आवेदन दिएका थिए र भिसा प्राप्त गरेपछि दूतावासको सहजिकरणमा उनीहरूलाई साउदी पठाउने काम भइरहेको छ ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर