Aamsanchar

तिनाउ खोलामा डुबेर बेपत्ता भएका १७ वर्षीय अमान मृत फेला

Author Image
सोमवार, चैत ९, २०८२

पाल्पा –  तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा आइतबार डुबेर बेपत्ता भएका एकजना मृत फेला परेका छन्।

भारतको बखिरानगर पञ्चायत- १५ सन्तवीर नगर उत्तर प्रदेशका १७ वर्षीय अमान अन्सारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

सोमबार बिहान सवा १० बजे उनी डुबेको स्थानभन्दा १०० मिटर तल मृत भेटिएका उनले बताए।

अर्का १७ वर्षीय फहरान अन्सारीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन। अहिले उनको खोजी कार्य भइरहेको प्रनाउ चौधरीले बताए।

नेपाल घुम्न आएका उनीहरू पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो २ बजे बेपत्ता भएका हुन्। उनीहरूसँगै गएका अन्य ५ जना भने सकुशल छन्।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर