Aamsanchar

ताप्लेजुङमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन

Author Image
मङ्गलवार, चैत १०, २०८२

ताप्लेजुङ-  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पालिकावासी नागरिकलाई लक्षित गरी गाउँपालिकाले एक दिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीका अनुसार यही चैत १५ गते आइतबार शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । पालिकाको प्रशासकीय केन्द्रस्थित हाङ्पाङ स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजवंशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुभवी मनोचिकित्सकहरूको उपस्थितिमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने छ । मानसिक स्वास्थ्य समस्या भएका बिरामीको उपचारसँगै शिविरमा उनीहरूलाई औषधी निःशुल्क उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

यसअघि मानसिक स्वास्थ्य उपचार गराएका, हाल निरन्तर उपचार गराइरहेका र मानसिक स्वास्थ्यसम्बन्धी औषधी सेवन गर्दै आएका बिरामी तथा नागरिकको सुविधाका लागि शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु ९दीपेन० ले बताउनुभयो । गाउँबाटै मानसिक स्वास्थ्य उपचार, परीक्षण र निःशुल्क औषधी प्राप्त गर्दा सम्बन्धित स्वास्थ्य समस्या भएका नागरिकलाई राहत पुग्ने विश्वास अध्यक्ष पोमुले व्यक्त गर्नुभयो ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर