

काठमाडौँ – नेपाल आयल निगमले आगामी साताबाट ग्यासको पूर्ण सिलिन्डर बजार पठाउने तयारी गरेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यासको वितरण प्रक्रिया सहज हुँदै गएको ठहर गर्दै निगम पूर्ण सिलिण्डर ग्यास बजारमा पठाउने तयारीमा लागेको बताए।
पश्चिम एसियामा भइरहेको युद्धका कारण नेपालमा ग्यास बढी भण्डारण हुँदा अभाव भएको थियो। जसका कारण निगमले आधा सिलिण्डर ग्यास वितरण गर्दै आएको छ।

तर पनि इन्धन आयातमा भने कमि नभएको निगमले दावी गर्दै आएको छ।
Views: 350


