

सर्लाही- सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।

रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वतर्फ रहेको उखु खेतमा आगलागी भएको हो ।
स्थानीय बच्चेलाल रायको ५ कठ्ठामा लगाइएको उखु काटेर फालेको पात जलाउने क्रममा काट्न बाँकी रहेको उखुमा सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले जानकारी दिए ।

उनले भने, ‘उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो, ठूलो क्षति भएको हो ।’
यसअघि पनि गोडैता नगरपालिका–४ रोहुवामा विद्युत् तार सर्ट भई ५० बिघाभन्दा बढीमा लगाइएको उखु जलेर नष्ट भएको थियो ।
Views: 16


