Aamsanchar

कांग्रेस रौतहट–१ का सभापति अबधकिशोरको निधन

Author Image
बुधवार, चैत ११, २०८२

रौतहट – नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको निधन भएको छ।

हृदयघातका कारण साहको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको असामयिक निधनले अत्यन्त मर्माहत बनाएको र पार्टीले एक योद्धा गुमाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले बताए।

साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर