Aamsanchar

सुन र चाँदी दुवैको मूल्यमा गिरावट

Author Image
सोमवार, चैत १६, २०८२

काठमाडौं-  नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार ९हिजो० सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर