Aamsanchar

पश्चिम एसियामा ५० हजार भन्दाबढी अमेरिकी सैनिकको तैनाथी

Author Image
सोमवार, चैत १६, २०८२

काठमाडौं – इरानसँग बढ्दो तनाव र युद्धकाबीच अमेरिकाले पश्चिम एसियामा आफ्ना सैनिकको उपस्थिति ५० हजार भन्दा बढी पुर्‍याएको छ । द न्युयोर्क टाइम्सका अनुसार पछिल्लो पटक थप दुई हजार ५०० मरिन्स र दुई हजार ५०० जलसैनिक पश्चिम एसिया क्षेत्रमा पुगेपछि त्यहाँ अमेरिकी सेनाको संख्या ५० हजार पार गरेको हो ।

यो संख्या सामान्य अवस्थामा हुने तैनाथीभन्दा करिब १० हजारले बढी छ । सामान्यतयास् खाडी क्षेत्रका साउदी अरब, बहराइन, इराक, सिरिया, जोर्डन र कतार जस्ता देशमा गरी करिब ४० हजार अमेरिकी सैनिक तैनाथ रहन्थे । यसैबीच, अमेरिकी नौसेनाको सबैभन्दा ठूलो विमानवाहक जहाज यूएसएस जेराल्ड आर। फोर्ड भने मर्मतका लागि क्रोएसियाको स्प्लिट बन्दरगाह पुगेको छ ।

मार्च १२ मा जहाजको लुगा धुने कोठमा आगलागी भएपछि यसलाई रेड सीबाट फिर्ता पठाइएको थियो । यो जहाजमा रहेका ४ हजार ५०० सैनिकलाई भने अहिलेको ५० हजारको गणनामा समावेश गरिएको छैन । पेन्टागनले हालै ८२ औँ एयरबोर्न डिभिजनका थप २ हजार अर्धसैनिकलाई पनि इरानको पहुँचभित्र पर्ने गरी गोप्य स्थानमा तैनाथ गरेको छ । सैन्य विज्ञका अनुसार यो तैनाथी सन् २००३ को इराक युद्धपछिकै सबैभन्दा ठूलो हो । अमेरिकी सैनिकको यो उपस्थितिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खार्ग टापुजस्ता रणनीतिक क्षेत्रमा ‘ग्राउन्ड अपरेसन’ गर्नसक्ने विकल्प प्रदान गरेको टिप्पणी भइरहेको छ ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर