Aamsanchar

झापामा रेविजविरुद्धको भ्याक्सिन अभाव

Author Image
सोमवार, साउन ९, २०७४

बिर्तामोड,

झापामा एन्टीरेविज भ्याक्सिनको अभाव भएको छ । एन्टीरेविज भ्याक्सिन रेविजविरुद्धको भ्याक्सिन हो ।कुकुरले टोकेमा रेविज नलागोस् भनेर यो भ्याक्सिन लगाउने गरिन्छ । तर, एक सातादेखि मेची अञ्चल अस्पतालमा उक्त भ्याक्सिन नभएका कारण सेवाग्राही मारमा परेका छन् ।
मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्बर ठाकुरले एन्टीरेविज भ्याक्सिन एकसाता पहिलादेखि नै सकिएको र नयाँ बिरामी आए अन्यत्रै लैजान सल्लाह दिने गरेको बताएका छन् । टेण्डर आव्हान हुन नसक्दा माथिबाटै यो भ्याक्सिन आएको छैन– उनले भने– पूर्वाञ्चल क्षेत्रीय स्टोर हुँदै झापा आउनुपर्ने हो तर, आज पठाउँछु, भोलि पठाउँछु भन्दै एक सातासम्म नपठाउँदा यहाँका सेवाग्राही मारमा छन् ।
डा. ठाकुरले भ्याक्सिन ल्याउने विषयमा पहल भइरहेको र सोमवार पूर्वाञ्चल क्षेत्रीय स्टोर विराटनगरका लागि दुई हजार भ्याक्सिन पठाउने आफूले बुझेको र विराटनगर आउनासाथ झापामा पनि उक्त भ्याक्सिन ल्याउने व्यवस्था मिलाइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर