इनरुवा ।
सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।
राति १ः३० बजेतिर सोही गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको जिप्रका, सुनसरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 98