Aamsanchar

फेकेदेममा ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि एकै घरका दुईजना बालकको मृत्यु

Author Image
सोमवार, वैशाख ७, २०८३

खाँदवारी – सङ्खुवासभाको मकालु गाउँपालिका-२ फेकेदेममा एकै घरका दुईजना बालकको मृत्यु भएको छ। मकालु-२ को सुकेखोला गएका १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राईको ढुंगाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार ढुंगाबाट चिप्लिएका भाइलाई बचाउन खोज्दा दाजुले समेत ज्यान गएको हो। आइतबार बेलुकीपख पौडी खेल्न गएका ४ वर्षीय आकाश राई ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवास राई खेलमा हामफालेका थिए।

दाजुभाई करिब १५ मिटर तल खस्दा दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा दुवैलाई तत्काल सेदुवास्थित मकालु स्वास्थ्य केन्द्रमा पुऱ्याइ उपचारका लागिएको भएपनि उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर