Aamsanchar

उदयपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौं – उदयपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बेलका नगरपालिका–३ का २८ वर्षीय मोटरसाइकल चालक रोमन बस्नेतको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सोमबार (वैशाख ७)राति बेलका–३, सातपत्रेस्थित सडकमा प्र.१–०२–००२ ख १५८ नम्बरको बसले प्र।१–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनास्थलमै बस्नेतको मृत्यु भएको र बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर