Aamsanchar

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

Author Image
मङ्गलवार, साउन १०, २०७४

राजविराज।

बोदेबर्साइन नगरपालिका–४ मा आज साँझ ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय तोप्ला यादव रहेको प्रहरीले जनाएको छ । भित्री सडकखण्डअन्तर्गत खोलाबाट बालुवा बोकेर दक्षिणतर्फ जाँदै गरेको स १ त ४२४० नं को ट्र्याक्टरबाट लडेर घाइते भएका उनको सप्तऋषि अस्पताल, लहानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बोदेबर्साइनले जनाएको छ ।

घटनापछि फरार रहेका ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर