Aamsanchar

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारकाे मृत्यु

Author Image
सोमवार, वैशाख १४, २०८३

सप्तरी –  सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ ।

यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिएका छन् ।

मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर