

काठमाडौँ – रूपन्देहीमा दुई बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्।
बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरनजिक ईभी हायस र बस ठोक्किँदा ५० वर्षीय पदम रायमाझी र ६० वर्षीया रानीकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले थाहाखबरलाई जानकारी दिए।
बुटवल आउँदै गरेको बागमती प्रदेश ०१००६ ख ८९२८ नम्बरको ईभी हायस र बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको बस ठोक्किएका हुन्।

ईभी हायसमा रहेका १७ जना र बसमा रहेका १३ जना घाइते भएको र उनीहरूको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको चन्दले जानकारी दिए।

Views: 17


