Aamsanchar

कच्चा तेलको मूल्यमा भारी वृद्धि

Author Image
सोमवार, वैशाख २८, २०८३

काठमाडौँ  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको जवाफलाई ‘अस्वीकार्य’ भनेपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ ।

स्ट्रेट अफ होर्मुज प्रायः बन्द रहेको र आपूर्तिमा समस्या आउन सक्ने डरले बजार तातिएपछि तेलको मूल्य बढेको हो ।

अमेरिकी प्रस्तावमा इरानको प्रतिक्रिया ‘पूर्ण रूपमा अस्वीकार्य’स् ट्रम्प
अमेरिकी प्रस्तावमा इरानको प्रतिक्रिया ‘पूर्ण रूपमा अस्वीकार्य’स् ट्रम्प
सोमबार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५.४४ डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो । त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट(डब्लुटीआई)पनि ४.५९ प्रतिशतले बढेर ९९.८० डलर प्रति ब्यारेल पुगेको छ ।

पछिल्लो १० हप्तादेखि जारी द्वन्द्व अन्त्य हुने र स्ट्रेट अफ होर्मुजमार्फत तेलको ढुवानी सहज हुने आशामा अघिल्लो हप्ता तेलको मूल्यमा ६ प्रतिशतको गिरावट आएको थियो । फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाका अनुसार तेल बजार हाल भू–राजनीतिक घटनाक्रमको ‘हेडलाइन मेसिन’ जस्तो बनेको छ, जहाँ वासिङ्टन र तेहरानबाट आउने हरेक टिप्पणीले मूल्यमा ठुलो फेरबदल ल्याइरहेको छ ।

अब बजारको ध्यान राष्ट्रपति ट्रम्पको बुधबार हुने बेइजिङ भ्रमणतर्फ सोझिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग इरानको विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । बेइजिङले इरानमाथि आफ्नो प्रभाव प्रयोग गरेर युद्धविराम र होर्मुजको अवरोध हटाउन पहल गर्नेमा लगानीकर्ताहरू आशावादी देखिएका छन् ।

साउदी अरामकोका सीईओ अमीन नासेरका अनुसार विगत दुई महिनामा विश्वले करिब १ अर्ब ब्यारेल तेल गुमाइसकेको छ, जसका कारण आपूर्ति सुरु भए पनि बजार स्थिर हुन समय लाग्नेछ ।

 

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर