Aamsanchar

दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश

Author Image
सोमवार, वैशाख २८, २०८३

काठमाडौं –  सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलमा डाकेको हो ।

विश्वविद्यालयमा विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णय रोक्न माग राखेर अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष दिपक धामीसहित आठ विद्यार्थी संगठनहरूले वैशाख २५ गते संयुक्त रिट दायर गरेका थिए । सर्वोच्चले उक्त प्रकरणमा सरकारलाई छलफलमा डाकेको छ ।

 

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर