Aamsanchar

महेशदोभान नजिकै २ बस र १ ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

धादिङ –  पृथ्वी राजमार्गअन्तर्गत धादिङको महेशदोभान नजिकै २ बस र १ ट्रक एकआपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४८८ नम्बरको बस, काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७१६ नम्बरको बस र सोही दिशातर्फ गइरहेको बा ३ ख २०५६ नम्बरको ट्रक राति ११ बजे ठोक्किएका थिए।

दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिए।

घाइतेहरूको हाल बैरेनी अस्पतालमा उपचार भइरहेको छ।

Views: 40

प्रतिक्रिया (०)