
काठमाडौं – आइसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध जारी श्रृंखलाको पहिलो खेलमा नेपालको लागि सन्दीप लामीछानेले ११४ रनको ओपनिङ साझेदारी तोडेका छन् । उनले २१ औं ओभरमा दुवै ओपनरको विकेट लिएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले पहिलो विकेट ओपनर ब्याटर जर्ज मुन्सेको लिएको छ । २०।३ ओभरमा सन्दीपले जर्ज मुन्सेलाई ७५ रनमा दिपेन्द्र सिंह ऐरीको हातमा क्याच गराएका थिए । मुन्सेले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए ।
दोस्रो विकेट २१ औं ओभरको अन्तिम बलमा सन्दीपले अर्का ओपनर फिन्ले म्याक्रिथलाई ३५ रनमा एलबीडब्ल्यू आउट गराएका हुन् । उनले ६२ बलमा ३ चौका प्रहार गरेका थिए । २० ओभरको खेल सकिँदासम्म विकेटविहीन बनेको नेपालले ७ जना बलर लगाउँदा पनि विकेट निकाल्न सकेको थिएन ।

Views: 27


