Aamsanchar

सीमा नाकाबाट १ सय रुपैयाँको खरिद सीमा बढाइने : अर्थमन्त्री डा. वाग्ले

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं –  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताएका छन्।

सरकारले सीमावर्ती भारतीय बजारबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल अनिवार्य गरेको छ। यसले गर्दा थोरै रकमको सामान ल्याउने सर्वसाधारणले ठूलो कष्ट भोग्नु परेको छ ।

 

सीमा नाकामा बस्ने सर्वसाधारणको सुविधाका लागि सो सीमा बढाइने उनले बताए । मंगलबार अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले सिमानामा १ सय रुपैयाँभन्दा माथिको वस्तु ल्याउन रोक लगाउने नियम वर्तमान सरकारले नबनाएको समेत बताए ।

‘यो हामी आएर बनाएको नियम होइन,’ उनले भने, ‘यो सीमा बढाउँछौं, तर राजस्व चुहावट गर्ने उद्देश्यले हुने तस्करीमा भने हामी निर्मम हुन्छौं ।’ घरायसी सामानको नाममा दैनिक १०र१२ पटक ओहोर दोहोर गरेर सामान ओसार्ने प्रवृत्तिमा कडाइ गरिने अर्थमन्त्री डा। वाग्लेले जानकारी दिए ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर