
काठमाडौं – सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

Views: 43


