
काठमाडौं – नेपाल तामाङ घेदुङको संघीय अध्यक्षमा रामकृष्ण ब्लोन भारी मतका साथ निर्वाचित भएका छन्।
गएराति काठमाडौंमा सम्पन्न १० औं महाधिवेसनको बन्दसत्रमा ब्लोनले ३०६ मत पाएर विजयी भएका हुन्। प्रतिस्पर्धी कुमार घिसिङले ९८ मत मात्र पाए। सहअध्यक्षमा सरोजमोहन लामा निर्वाविरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष सन्चु ब्लोन ३६० मत पाएर विजयी भएकी छन्।

उपाध्यक्षहरूमा काजिमान थिङ, रुपबहादुर योन्जन, दिनेश कुमार लो, पासाङ दोर्जे लामा, प्रेम लो तामाङ निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा दीना लामा, बिना मम्बा तामाङ निर्वाचित भए। महासचिवमा लिलाकुमार ग्लान, उम– महासचिव खुल्लामा निर्मल बहादुर तामाङ, बिलाम मोक्तान र उप – महासचिव महिला श्रमिक लामा निर्वाचित भएका छन्।
सचिवमा सुनिल मोक्तान, सुन्दर थोक तामाङ, हिरालाल तामाङ, उषा वाइबा र सङ्गीता तामाङ पाख्रीन चयन भएका छन्। कोषाध्यक्षमा तीर्थमान बल र सहः कोषाध्यक्षमा सिता चोदेन तामाङ निर्विरोध चयन भए।


