Aamsanchar

लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा १० जनाको मृत्यु

Author Image
सोमवार, जेठ ४, २०८३

काठमाडौं  –  भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

लखिमपुर खिरीका जिल्लाधिकारी(डीएम)अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् ।

उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर