Aamsanchar

परराष्ट्र मन्त्रालयले माग्यो माफी

Author Image
सोमवार, जेठ ४, २०८३

काठमाडौँ  – -इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना दिने परराष्ट्र मन्त्रालयले माफी मागेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उनी रिहा भएको भनी यसअघि सार्वजनिक भएको सूचना गलत भएको भन्दै त्यसप्रति क्षमा मागेको हो।

मन्त्रालयले आज विज्ञप्तिमार्फत झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको जानकारी दिएको छ।

आज अध्यावधिक सूचना जारी गर्दै मन्त्रालयले उक्त जानकारी दिएको हो ।

Views: 50

प्रतिक्रिया (०)