Aamsanchar

मोरङमा घरभित्रै घाइते अवस्थामा भेटिए युवक

Author Image
सोमवार, जेठ ४, २०८३

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा पारिवारिक अवस्थाको दबाब र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीच एक युवकले आफैंलाई गम्भीर चोट पुर्‍याएका छन् । ३३ वर्षीय आशकुमार राई आफ्नै घाँटी रेटेको गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।

घटना सोमबार बिहानको हो । प्रहरीका अनुसार राईलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । तर,अवस्था जटिल देखिएपछि चिकित्सकको सिफारिसमा उनलाई विराटनगरको विराट नर्सिङ होममा थप उपचारका लागि भर्ना गरिएको छ ।

उनको उपचार जारी रहेको र अवस्था गम्भीर देखिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । प्रारम्भिक अनुसन्धान र स्थानीय तथा आफन्तको भनाइअनुसार आशकुमार पछिल्लो केही समयदेखि असामान्य व्यवहार देखाउँदै आएका थिए । उनी मानसिक रूपमा असन्तुलित जस्तो देखिने,एक्लै बोल्ने,अनौठो व्यवहार देखाउने र कहिलेकाहीँ आक्रोशित हुने जस्ता संकेतहरू देखिन थालेको स्थानीयले बताएका छन् । आफन्त र छरछिमेकले उनको व्यवहारमा आएको परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्दै निगरानी समेत गर्दै आएका थिए ।

Views: 29

प्रतिक्रिया (०)