Aamsanchar

साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ

Author Image
बिहिवार, जेठ ७, २०८३

कााठमाडौँ : शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ।

यसै मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ। सोही च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्रालयले बिदाइ गरेको हो।

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली टोलीको बिदाइ गरेका हुन्।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले नेपालका खेल संघहरू सरकारसँग नै मिलेर अगाडि बढ्ने संघ रहेको र त्यसमा एन्फा पनि प्रतिबद्धका साथै इमानदार हुने बताएका छन्। साफमा नेपाल समूह ‘ए’ मा छ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर