Aamsanchar

जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

Author Image
शुक्रवार, जेठ ८, २०८३

काठमाडौँ-  यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले १४ गते पनि बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय, विद्यालयलगायत चार दिन बन्द हुने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अजहा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।१५ गते शुक्रबार गणतन्त्र दिवसको बिदा छ भने १६ गते शनिबार परेको छ। सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेका कारण १७ गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्।

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर