
काठमाडौ – श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ ।
कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले पत्र लेख्दै यस्तो निर्देशन दिइएको छ ।
‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यान तथा प्रचार प्रसार सामाग्रीहरुमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने ..,’ बक्तव्यमा लेखिएको छ ।

Views: 22


