Aamsanchar

भालुको आक्रमणबाट २ घाईते

Author Image
शुक्रवार, साउन १३, २०७४

संखुवासभा।

संखुवासभाको मकालु गाउँपालिका २ स्थित झ्याङमा बिहीबार जंगली भालुको आक्रमणमा परी २ जना घाईते भएका छन्।

बारीमा मकै रुङ्ने क्रममा जंगलबाट निस्किएको भालुको आक्रमणमा परी सोही गाँपालिका बस्ने बर्ष ४२ को चन्द्र बहादुर गुरुङ र बर्ष ३५ को कुमार बिष्ट घाईते भएका छन्।

घाईते दुबै जनालाई उपचारकालागी मकालु स्वास्थ्य चौकिमा उपचार भईरहेको प्रहरी चौकी मकालुले जनाएको छ।

Views: 288

प्रतिक्रिया (०)