Aamsanchar

चीनविरूद्ध नेपालकाे उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियाे, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

Author Image
आइतवार, जेठ १७, २०८३

काठमाडौं – एसियन गेम्स छनोटअन्तर्गत नेपाली पुरुष टोलीले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ।

सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्।

त्यस्तै कुशल मल्लले ८५ र रोहित पौडेलले ६९ रनको अर्धसकतीय पारी खेले। मलेसियामा सुरु भएको महिला टोलीको खेल भने वर्षाले प्रभावित भएको छ।

टस हारेर पहिले ब्याटिङमा आएको नेपाली महिला टोलीले खराब सुरुवात गर्दै २ दशमलब २ ओभरमा ३ विकेट गुमाएर ७ रन जोडेको समयमा खेल वर्षाले प्रभावित भएको हो।

एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले आजको खेल जित्नैपर्ने दबाब छ। सेमिफाइनलमा मलेसियासँग पराजित भएर एक खेल अगाडि गेम्समा छनोट हुने अवसर गुमाएको नेपाली महिला टिम तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धामा उत्रिएको हो।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । नेपालको समूहमा चीन र मलेसिया छन्।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर