Aamsanchar

पेट्रोलमा १.५ रुपैयाँ र डिजेलमा १३.५० रुपैयाँ कर कटौती गर्ने भारत सरकारको घोषणा

Author Image
आइतवार, जेठ १७, २०८३

भारत : भारतको केन्द्र सरकारले तेल कम्पनीहरूलाई ठूलो राहत घोषणा गरेको छ । १ जुनदेखि पेट्रोल, डिजेल र एटीएफको निर्यातमा लाग्ने कर (ट्याक्स)घटाइने सरकारले घोषणा गरेको छ । यस्तो आदेश शनिबार जारी गरिएको हो ।

पेट्रोलमा १.५ रुपैयाँ र डिजेलमा १३.५० रुपैयाँ कर कटौती गर्ने सरकारको घोषणा, १ जुनदेखि लागू हुनेछ । शनिबार जारी विज्ञप्तिमा भनिएको छ–१ जुनदेखि पेट्रोल, डिजेल र एटीएफको निर्यातमा लाग्ने कर घटाइनेछ । पेट्रोल निर्यातमा १.५ रुपैयाँ प्रतिलिटर, डिजेल निर्यातमा १३।५० रुपैयाँ प्रतिलिटर कर कटौती गरिएको छ । त्यस्तै, एभिएसन टर्बाइन फ्युलमा लाग्ने करमा ९.५ रुपैयाँ प्रतिलिटर कटौती गरिएको छ ।

तर, यस कटौतीको घरेलु बजारमा कुनै असर पर्ने छैन, किनभने सरकारले भित्री बजारमा करमा कुनै परिवर्तन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी देखिएका बेला भारत सरकारले निर्यात कर कटौतीको निर्णय गरेको हो । सरकारले यो विशेष कर २७ मार्च २०२६ मा सुरु गरेको थियो । पश्चिम एशियामा जारी तनावका कारण घरेलु आपूर्ति सुनिश्चित गर्न यो कर लगाइएको थियो । अन्तिम पटक मूल्य समायोजन १६ मेमा गरिएको थियो ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर