
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । पाँचदिने भारत भ्रमणका लागि आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गर्न लागेका हुन् ।
भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका लामिछानेले पाँचदिने भ्रमण सकेर जेठ २२ गते स्वदेश फर्कनेछन् ।
लामिछानेको भ्रमणका विषयमा रास्वपा र भाजपाले आइतबार विज्ञप्ति जारी गरेर औपचारिक जानकारी गराएका थिए ।

लामिछानेको भ्रमण टोलीमा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य ९प्रदीप० सहभागी छन् ।
लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छन् । लामिछानेले भारतमा रहेका नेपालीसँग पनि साक्षात्कार गर्ने छन् ।


