Aamsanchar

गौरीगंज गाउँपालिकामा बाढी पिडितको अवस्था नाजुक, रोटरी बन्यो पहिलो रहात सामग्री पुराउने संस्था

Author Image
बुधवार, साउन ३२, २०७४

विनोद पाण्डे(कमल) 

चारपाने, साउन ३२ । झापामा हालै आएको बाढीबाट भएको जनधन क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले रोटरी क्लव अफ बिर्तामोडले राहत सामग्री जुटाएर बुधबार झापाको गौरीगंज गाउँपालिकाको विभिन्न वडा हरुमा राहत सामाग्री वितरण गरेको छ ।

बाढीले तहस नहस पारेको एक घर ।

रोटरी क्लव अफ बिर्तामोड, रोडट्रयाक क्लव बिर्तामोड र काठमाण्डौ जेसीजले उपलव्ध गराएको ५० हजार सहित  २ लाख भन्दा बढी रकम बरावरको   राहत सामग्री रेडक्रस सोसाईटी झापा मार्फत  गौरीगंज गाउँपालिको वडा नं. १,५,६ र ७ नं. वडाका १५५ घर पिडितहरुलाई  वितरण गरिएको हो ।  

रहातको पर्खाईमा बसेकी एक पिडित महिला ।

जनही पिडित परिवारलाई बाल्टिन १ थान, मग १, चिउरा ५०० ग्राम, दाल १ केजी, चाउचाउ ५ वटा, पानी ६ बोटल, खानेतेल ५०० ग्राम, नुन १ केजी, चामल मन्सुली २० केजी र सुत्केरी भएको ४ परिवारलाई डाइपर सहित उपभोग्य सामान वितरण गरिएको थियो । रेडक्रस झापाले पनि पिडित परिवारलाई एक एक वटा त्रिपाल वितरण गरेको थियो ।

ट्रक बाट राहत सामाग्री ओराल्दै, पृष्ठभूमीमा सामान पाउने पर्खाईमा पिडितहरु ।

विशेषगरी  सन्थाल, राजवंशी, आदिवासी समुदायका घर परिवारमा परेको भयाभव विपतमा अहिले सम्म कुनैपनि संघ संस्था वा निकायले तत्कालका लागी रहात नपुराएको अवस्थामा पहिलो पटक रोटरीले राहत लिएर गएकोमा पिडतको मुहारमा खुशी छाएको देखिन्थ्यो भने स्थानिय नजप्रतिनिधी वडा नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले रहात ल्याई दिएकोमा क्लवका प्रतिनिधीहरुलाई धन्यवाद दिदै अन्य संघ संस्थाको नजर पनी गौरीगंज गाउँपालिकामा पारिदिन आग्रह समेत गरेका छन । 

रहात सामग्री पिडितलाई वितरण गर्दै रोटरियनहरु ।

पिडित समक्ष राहत सामाग्राी लिएर रोडरी क्लवका अध्यक्ष विनोद बस्नेत रोटरियनहरु निर्मल भट्टराई, आनन्द बस्नेत, नविन गट्टानी, सजेश शिवाकोटी, आमोद आचार्य, विकेन्द्र श्रेष्ठ र रोडट्रयाक्टरहरु विकास बस्नेत, महेश खड्का, पुजा शाह, परिना श्रेष्ठ(बस्नेत), रुपेश राउत, कुमारी राउत, राज मुखिया, किरण राई, समिर अधिकारी लगातले राहात वितरण गरेका थिए ।  

उपभोग्य सामान पाएपछी रहातको अनुभूती गरेर बसेका एक पिडित जेष्ठ नागरिक ।

 

राहत सामाग्री बोकेर आफ्नो बासस्थान तर्फ जादै बाढी पिडित दम्पती ।

 

Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर