बिर्तामोड।

बिनासकारी बाढीले ठूलो जनधनको क्षति व्यहोरेका नेपालीको घाउ र पीडामा मल्हमपट्टी गर्न एक्सपर्ट फाउण्डेशन क्रियाशील बनेको छ । फाउण्डेशनले अति बाढी प्रभावित झापासहित देशका पाँच जिल्लाका पीडितलाई ५ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका सञ्चालकहरुले सामाजिक उत्तरदायित्व निर्वाहका लागि ०७२ मा एक्सपर्ट फाउण्डेशनको स्थापना गरेका हुन् ।

सोमबार एक्सपर्टको बिर्तामोड शाखामा आयोजित समारोहका बीच एक्सपर्ट फाउण्डेशनको तर्फबाट झापाका बाढीपीडितलाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरियो । एक्सपर्टका निर्देशक खेम संग्रौला, सिईओ सञ्जिव शर्माले बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीलाई उक्त चेक हस्तान्तरण गरे ।
सोही समारोहमा एक्सपर्टका निर्देशक संग्रौलाको पहलमा उनकी भान्जी अमेरिका निवासी पुनम गौतमले प्रदान गरेको २ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरियो । पुनमका पिता पुण्यप्रसाद गौतमले नगर प्रमुख शिवाकोटीलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

एक्सपर्ट एजुकेशनले अष्टे«लियामा अध्ययनका लागि विद्यार्थी पठाउन सहजीकरण गरेवापत त्यहाँका युनिभर्सिटीले दिने कमिशनबाट प्रतिविद्यार्थी २ हजारका दरले एक्सपर्ट फाउण्डेशनमा जम्मा गर्ने गरेको छ । सोही रकम प्रकोप पीडितको राहतका लागि वितरण गरिँदै आएको एक्सपर्टका सिईओ शर्माले जानकारी दिए ।
उक्त फाउण्डेशनले दाङ, बाके, सुनसरी र चितवनका बाढीपीडितलाई समेत १÷१ लाख रुपैयाँ राहत प्रदान गरेको निर्देशक संग्रौलाले बताए । उनले भने– ‘हामीले आफ्नो भागमा आउने मुनाफा अर्थात् गाँस काटेर दिएको रकम वास्तविक पीडितले पाउन्, रकम सदुपयोग होस् ।’

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवाकोटीले सहयोगदाता एक्सपर्ट फाउण्डेशन र अमेरिका निवासी पुनम गौतमलाई धन्यवाद दिँदै उक्त राहत वास्तविक पीडितलाई नै हस्तान्तरण गरिने प्रतिबद्धता जनाए । उनले एक्सपर्टसँगै विभिन्न ठाउँबाट आएको राहत मंगलबार बिर्तामोड क्षेत्रका बाढीपीडितलाई वितरण गरिने पनि जानकारी दिए ।
मानवीय सेवामा एक्सपर्टले पुर्याएको सहयोग र शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको नगरप्रमुख शिवाकोटीले प्रशंसा गरे । कार्यक्रममा बिर्तामोड वडा नं. २ का अध्यक्ष नगेन्द्र संग्रौलाले समेत एक्सपर्टको सहयोगको सराहना गरे । कार्यक्रममा एक्सपर्ट एजुकेशन बिर्तामोड शाखाका प्रमुख कृष्ण खतिवडाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सुरज थापाले गरेका थिए ।
एक्सपर्ट फाउण्डेशनले ०७२ सालको भूकम्पका पीडितलाई २० लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो । एक्सपर्ट फाउण्डेशनले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको एउटा विद्यालय निर्माण गरेर हस्तान्तरण गरेको छ । त्यस्तै महावीर पुनको आविष्कार केन्द्रलाई १ लाख, विराटनगरमा वृद्धाश्रमलाई १० लाख रुपैयाँ प्रदान गरेको सो अवसरमा जानकारी दिइयो ।
एक्सपर्टले सामाजिक सेवा र पीडितहरुको घाउमा मल्हम लगाउने कार्यलाई सुचारु राख्ने निर्देशक संग्रौलाले बताएका छन् । कार्यक्रममा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं, वडा नं. १ का अध्यक्ष अग्नी पाण्डे, नगर सदस्य निता घतानी लगायतको आतिथ्य रहेको थियो । यसैबीच एक्सपर्ट एजुकेशनले अष्ट्रेलियामा अध्ययनका लागी जाने विद्यार्थीहरुको विषयमा जानकारी गराउने उद्धेश्यले फ्रि सेमिनार समेत सम्पन्न गरेको छ ।
एक सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको सेमिनारमा अष्ट्रेलियाबाट आएका प्रतिनिधिहरुले त्यहाँको विषयमा जानकारी गराएका थिए । सेमिनारमा टिमेटी टेङ्क र क्लाउडियोले अष्ट्रेलियामा अध्ययनको विषय तथा त्यहाँको परिवेशका बारेमा जानकारी गराएका थिए ।
सेमिनारमा सहभागि विद्यार्थीहरुले त्यहाँको अध्ययन शुल्क, कानुन, काम गर्दै कसरी अध्ययनलाई निरन्तरता दिने के–के छन् प्रावधान लगायतका विषयमा जिज्ञासा राखेका थिए । विर्तामोड, दमक, भद्रपुर, सुरुङ्गा लगायत विभिन्न स्थानका साथै इलाम, पाँचथर, ताप्लेजुङका समेत विद्यार्थी सहभागि रहेका थिए ।
विद्यार्थीलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा समेत कुनै सारोग्राहो परेमा संधै साथ दिनेगरेको एक्सपर्ट एजुकेशनले विद्यार्थी र अभिभावकको मत जित्न सफल भएको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताए ।
हालसम्म एक सय भन्दा धेरै विद्यार्थी,४० भन्दा धेरै डिपेन्डेन भिसामा तथा २० औं जोडी बुबा–आमाहरु अष्टे«लिया पठाउन सफल एक्सपर्ट एजुकेशनमा विद्यार्थीको चाप बढ्दै गएको एक्सपर्टका निर्देशक खेम संग्रौला जानकारी दिए ।

