Aamsanchar

आर्थिक अभावमा उपचारमा समस्या

Author Image
मङ्गलवार, भदौ १३, २०७४

मदन संग्रौला/अर्जुनधारा,


कालीमुडाका सम्झना सुनुवार १८ दिन देखि अस्पतालको बेडमा रहेकी छिन । उनको उपचार नभएर हैन उपचारको पैसा तिर्न नसक्दा अस्पतालमा बस्नुपरेको हो । पाठेघरमा पलाएको ३ केजीको अ‍ैजेरुको सल्यक्रिया पछि रकम अभाबका कारण अस्पतालले उनलाई घर पठाउन सकेको छैन् ।

सल्यक्रियाका लागि १ लाख ४५ हजार लागेको र पैसा तिर्न नसकेर, घर लैजान नसकेको सम्झनाका श्रीमान पोष्टबहादुर दिगार्चाले बताए । उनि भन्छन “ चिनजानका आफ्न्तबाट अलि अलि उठेको पैसा पनि अस्पतालमा बस्दा सकियो, औषधीको पैसा बाहेक नै १लाख ४५ पुगेको छ , कसरी तिने , अझै पैसा जुटाउन कति समय लाग्ने हो ।”

सामान्य घर बनाउने काम गरि घर÷व्यवहार चलाईरहेका पोष्ट बहादुरलाई यतिका रकम जुटाउन गाह्रो परेको छ । नातेदार, चिनजानका साथी–भाइलाइ सहयोग मागे पनि रकम संकलन गर्न नसकेको उनकोको गुनोसो छ । आँखाभरि टिलपिल÷टिलपिल आसु झार्दै कसैले सहयोग गरिदिए उपकार हुने उनि बताउछन । उनि भन्छन “ घर बनाउने काम गरेर व्यवहार चलाइरहे थिए , अचानक यस्तो घटना घटयो,अब कसरी यो समस्या बाट मुतm पाउने समस्यामा छु । मलाई परेको दुख कसैलाई नपरोस ,यस्तो बेलामा कसैले सहयोग गरिदिए उपकार हुने थियो ।”

ढाँड दुख्ने समस्याबाट ग्रसित सम्झना, अस्पतालमा चेकजाँच गर्दा पाठेघरमा अ‍ैजेरु पलाएको डाक्टरले भने पछि, परिवारमा समस्या निम्तीएको थियो । सल्यक्रिया पनि भयो, अस्पतालले डिस्चार्ज दिदा पनि रकम अभाबका कारण अस्पतालमा बाध्य भएर बस्नु परेको सम्झनाको दुखेसो गर्छिन ।

उनि भन्छिन “ सामान्य बसिरहेको थिए , अचानक पेट दुख्यो , सुत्केरीबेथा लागे जस्तो दुखाई भएपछि चेक गर्दा यस्तो भयो । उपचार त भयो अब पैसा कसरी जुटाउने भन्ने समस्याले बिरामी जस्तै भएको छु । खै कति दिनमा घर जान पाउने हो । ”

सम्झना बिर्तामोडको मनमोहन मेमोरियल अस्पतालको बेड नम्बर १ सय १६ मा उपचार खर्च तिर्न नसक्दा बाध्य भएर बस्नु परेको छ । सबैमा सम्झनाले सहयोगको अपिल गरेकी छिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर