Aamsanchar

राजधानीमा ठगीको नयाँ धन्दा, प्रहरी नै आश्चर्य चकित

Author Image
बिहिवार, भदौ १५, २०७४

काठमाडौं।

राजधानीमा ठगीको नयाँ धन्दा सुरु भएको प्रहरीले खुलासा गरेको छ । गठीको नयाँ धन्दा सुरु भएको र सर्वसाधारण ठगिएको सम्बन्धमा प्रहरी नै चकित परेको छ ।

अपरिचित मानिसहरूलाई आफूसँग भएको नक्कली सुनको बिस्कुटलाई सक्कली सुन भनेर रुमालमा पोको पारी गठी गर्ने समूहको क्रियाकलाप बढेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

‘पीडितलाई नक्कली सुनको बिस्कुट देखाई सुन बिक्री गरेमा तपाई र म दुबैलाई फाइदा हुन्छ, यो सुन तपाईनै राख्नुस् मलाई तपाईको साथमा भएको नगद तथा तपाईले लगाउनु भएको सुन दिए हुन्छ’, प्रहरीले ठगीका क्रममा हुने सम्वाद उदृत गर्दै जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विभिन्न बहाना बनाई पीडितको साथमा भएको नगद तथा सुनका गरगहना ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ठगलाई पक्राउ गरिएको प्रहरी भनाइ छ ।प्रहरीले भदौ १३ गते दिउँसो साढे एक बजे यस्तै गठीमा संलग्न रहेको आरोपमा रामेछाप जिल्ला रामेछाप नगरपालिका– ९ स्थायी घर भइ हाल भक्तपुर जिल्लाको बोडेमा बस्दै आएका मोहनकुमार तामाङलाई पक्राउ गरेको छ ।

तामाङलाई प्रहरीले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय रोग केन्द्र अगाडिबाट ठगी गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । तामाङले सुन जस्तो देखिने बिष्कुट देखाएर ठगीको प्रयास गरेका थिए ।-दैनिक नेपाल

Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर