बिर्तामोड ।
बिर्तामोडका पुराना होटल व्यवसायी कलकत्ता मिष्ठान्न भण्डारणका सञ्चालक सन्तोषकुमार शर्माको ६६ बर्षको उमेरमै निधन भएको छ ।
उनको बुधवार राति भारतको जयपुरमा उपचारका क्रममा निधन भएको हो । शर्माका दुई छोरा र दुई छोरी छन् ।
छोरा पवन मारवाडी सेवा समितिका पूर्व कार्यकारिणी उपाध्यक्ष हुन् भने राहुल बिर्तामोड नगरपालिका वडा नं. ४का सदस्य तथा मारवाडी सेवा समितिका सदस्य हुन् ।
शर्माका छोरीहरुमा प्रियंका मारवाडी कन्या मञ्चकी संयोजक हुन् भने अर्की कान्ता रहेकी छिन् ।
शर्माको निधनप्रति मारवाडी सेवा समितिले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
समितिद्वारा प्रकाशित शोक–पत्रमा अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे र सचिव दीपेन्द्र मित्तलले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 154