Aamsanchar

आगलागीले कपडा पसलमा लाखौंको क्षति

Author Image
शुक्रवार, भदौ १६, २०७४

दमक ।

विद्युत् चुहिएर झापाको दमकमा आज राति एक पसलमा लाखौँ मूल्यका कपडा जलेर नष्ट भएको छ । दमक–६ स्थित ओम सत्य साइराम ट्रेर्डसमा विद्युत् चुहिएर आगलागी हँुदा पसलमा रहेका लत्ताकपडा जलेर नष्ट भएको हो । ७ः३० बजेदेखि लागेको आगो करिब एक घण्टा पछि मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गणेश पराजुलीले सञ्चालन गरेको उक्त कपडा पसलमा कति क्षति भयो भन्ने पूर्ण विवरण आइनसकेको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

ट्रेर्डसका सञ्चालक पराजुलीका अनुसार दशैँका लागि साडी, कुर्तासुरुवाल, तन्नासहित थानका कपडा केही दिनअघि मात्र ठूलो परिणाममा ल्याइएको थियो । ती सबै कपडा पूर्णरुपमा जल्दा करिब रु एक करोड मूल्य बराबरको क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको बताइएको छ ।

पक्का घरमा रहेको उक्त टे«र्डसको पहिलो तलामा रहेका सबै कपडा जलेको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दुई वटा दमकलको सहयोगले नियन्त्रणको लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर