दमक।
चाडपर्व र बिशेषगरी दशैं नजिक आएसंगै झापामा खसीबाख्राको भाउ बढेको छ । यस बर्ष बाढीले पु¥याएको क्षतिका कारण गाउँघरबाट खसीबाख्रा कम आएपछि मूल्य आकाशिएको बताइएको छ ।
दमकको पशुबजारमा खसीबाख्राको किनबेचमा संलग्नहरुका अनुसार एक महिना अगाडि भन्दा अहिले २५ देखि ३० प्रतिशत महंगोमा खसीबोकाको कारोबार भइरहेको छ । खसीबोकाको ब्यापार गर्दै आएका सुकबीर लिम्बूका अनुसार गाउँघर र पहाडबाट समेत बिगत बर्षहरुमा भन्दा कम खसीबाख्रा आएका छन् । दशैंका लागि खसीबाख्राको किनबेच शुरु भएकाले मूल्य बढेको उनले बताए । दशैंको मुखमा झन् महंगो हुने भएकाले उपभोक्ताहरुले अहिलेदेखि नै आफूलाई आवश्यक पनि खसीको जोहो गर्ने गरेको बताइन्छ ।
दमकको पशुबजारमा झापा जिल्लाको अलावा पहाडी जिल्लाहरुबाट समेत दशैंमा ठूलो परिमाणमा खसीबाख्रा बिक्रीका लागि ल्याइने गरेको छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटादेखि तेह्रथुमबाट समेत यहाँ खसीबाख्रा बिक्रीका लागि ल्याइने गरेको व्यवसायीहरु बताउँछन् । प्रत्येक बुधबार लाग्ने दमकको पशुहाटमा बिक्री नभएका खसीबाख्रा झापाका अन्य पशुहाटमा लैजाने गरिन्छ ।
झापामा दमकबाहेक शनिश्चरे, भद्रपुर, दामुना, धुलावारी, सुरुङ्गा लगायतका क्षेत्रहरुमा पशुबजार लाग्ने गरेको छ । सबै बजारहरुमा अहिले सबैभन्दा बढी खसीबाख्राको बिक्री बितरण हुन थालेको छ । नेपालबाट खसीबाख्रा किनेर ब्यापारीहरुले भारत समेत लैजाने गरेको बताइएको छ । एक व्यापारीका अनुसार गाइगोरु किन्न आएका भारतीय व्यापारीहरुले खसीबाख्रा पनि किनेर लैजाने गरेका छन् ।
खसीबाख्रा खोज्दै घरघरमा
बजारमा पर्याप्त मात्रामा खसीबाख्रा नपाएपछि व्यापारीहरु खसीबाख्रा किन्नका लागि घर–घरमा पुग्ने गरेका छन् । घरघरमा पुग्नेहरु बिचौलिया रहने गरेका छन् । उनीहरुले गाउँघरबाट खसीबाख्रा खोजेर ल्याएर व्यापारीहरुलाई उपलब्ध गराउँछन् । खसीबाख्राको कारोबार गर्दै आ
एका प्रशान्त कट्वालका अनुसार व्यवसायिक रुपमा बाख्रापालन नभएकाले घर–घरमा गएर १÷२ वटा गर्दै खसीबाख्रा बटुलेर ल्याउने गरिएको छ ।
बिरामी खसीबाख्रा पनि बिक्री ह“ुदै
लगातारको बर्षा र खोलाहरुमा आएका बाढीका कारण पशु चौपायाहरु पनि बिरामी भएका छन् । सर्वसाधारणले आफूले दशैंका लागि पालेको र दशैमा दाम आउँछ र बिक्री गर्ने भनेर राखेका खसीबाख्राहरु बिरामी भएपछि केही कम मूल्य लिएर भए पनि बिक्री गर्न थालेका छन् ।
खसीबाख्रा किनबेच गर्दा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था झापामा कहीं छैन । भेटनरी स्वास्थ्यकर्मीहरुका अनुसार बिरामी खसीबाख्राको मासु सकेसम्म प्रयोग गर्नुहँुदैन ।