बिर्तामोड।
महिला आधारशिला शाखा कार्यलय बिर्तामोड र ग्रामीण सरोकार समूहले सयुक्त रुपमा बिर्तामोड नगरपालिका २का बाढीपीडीतलाई ४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
महिला आधारशिला काठमाडांैको सहयोगमा शाखा कार्यलय बिर्तामोड–२ ले चारपानेमा आयोजित खाद्यन्य सामग्री, थालबटुका र लत्ताकपडा बितरण गरेको हो ।
जसमा १ लाख ९५ हजार मूल्य बराबरको १५० वटा कम्वल र टिसर्ट, १ लाख ५० हजार मूल्य बराबरको १ सय ५० बोरा चामल, आयोडिन नुन १ सय ५० पोका र ५५ हजार बराबरको थाल बटुका र भाँडाकुडा वितरण गरिएको बताइएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई, विर्तामोड–२का वडाध्यक्ष नगेन्द्र संग्रौला लगायतले बोलेका थिए ।
महिला आधारशिलाका शाखा अध्यक्ष अध्यक्ष तुलसा खरेलको सभापतित्व रहेको कार्यक्रममा केन्द्रीय कार्यलय काठमाडौका प्रतिनिधि लीला न्यौपाने र स्मृति खरेल लगायतको आतिथ्य रहेको थियो ।