Aamsanchar

सरकारले तोके भन्दा धेरै पैसा लिने म्यानपावरका कर्मचारी पक्राउ

Author Image
आइतवार, भदौ १८, २०७४

काठमाडौं,

वैदेशिक रोजगारीमा जानेसँग सरकारले तोके भन्दा धेरै पैसा लिने म्यानपावरका एक जना कर्मचारी पक्राउ परेका छन् ।

सिनामंगलमा रहेको सिद्ध ग्लोबल म्यानपावरका कर्मचारी भिष्म अधिकारी पक्राउ परेका हुन् ।  वैदेशिक रोजगार विभागको अनुगमन टोलीले उनलाई मलेसिया जाने दुई जनासँग एक लाख ६० हजार रुपैयाँ लिँदै गरेको भेटेपछि पक्राउ गरेको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

उनले अरु दुई जनासँग पनि ४० हजार रुपैयाँ लिएको भन्ने जानकारी आएकाले छानविन भइरहेको उहाँले बताउनुभयो । यसअघि गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा ११ वटा म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर