Aamsanchar

पूर्वका शहरहरुमा हर्न निषेध हुदैं/हर्न बजाए कारबार्ही

Author Image
शुक्रवार, भदौ २३, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।

झापा सहित पूर्वका १६ जिल्लामा असोज १ गतेदेखि हर्न निषेध गर्ने तयारी गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरीको निर्देशनमा यो अभियानलाई सुरु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम ल्याइएको गिरीले बताए । जथाभावी हर्न बजाएर बजार र बाटोलाई थप कोलाहल बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ नियम ल्याइएको उनको भनाई छ । पहिलो चरणमा शहरी क्षेत्रमा र्हन बजाउन निषेध गरिने बताइएको छ ।
भ्mापाका कांकरभिट्टा, धुलाबारी, चारआली, बुधबारे, शनिश्चरे, बिर्तामोड, सुरुङ्गा, दमक, चन्द्रगढी, भद्रपुर लगायतका स्थानमा निश्चित एरिया भित्र र्हन निषेध गरिने ट्राफिक प्रहरी प्रमुख गिरीले जानकारी दिए । उनले भने अब जथाभावी रुपमा र्हन बजाएर बजारलाई कोहाल बनाउने प्रवृत्तिको अन्त्य गर्दै शान्त शहरको रुपमा परिचित गर्न ट्राफिक प्रहरीले यो अभियान सञ्चालन गर्न लागेको छ ।
मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाको पश्चिममा बिर्ता सिटी हस्पिटल जानेबाटो देखि पूर्वमा सुगम पेट्रोल पम्पसम्म दक्षिणमा एक किलोमिटरसम्म तथा उत्तरमा महानन्द चोकसम्म र्हन निषेध गरिने बताइएको छ । उक्त स्थानमा गुड्ने निजी ,सार्वजनिक र पर्यटकिय कुनै पनि सवारीसाधानले जाथाभावी हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने ट्राफिक प्रहरी प्रमुख गिरीले जानकारी दिए ।
असोज १ भन्दा अगाडिको समयमा जनचेतना फैलाउने, गाडीहरुमा स्टिकर लगाउने र हर्न नबजाउन प्रोत्साहित गर्ने कार्यक्रम रहेको उनको भनाई छ । दुर्घटना हुँदैन भन्ने भ्रममा विद्यालय, अस्पताल जस्ता संवेदनशिल क्षेत्रमा पनि जथाभावी हर्न बजाउँदा चालकहरुले झन लापरबाही गरेकोले रोक्न भन्दै नयाँ नियम ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।
कहाँ–कहाँ लागु हुन्छ हर्न निषेध ?

यो हर्न निषेधको नियम सबैतिर सबै अवस्थामा भने लागु नहुने जनाइएको छ । गिरीका अनुसार सिधा बाटोमा र अगाडिबाट सवारी साधन देखिने ठाउँमा मात्र निषेध गरिने छ । मोड, कर्नर र अगाडि र विपरीत दिसाबाट आएका सवारी देख्न नसकिने ठाउँमा भने हर्न बजाउन छुट हुने छ ।

त्यस्तै एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन् । नियम उलंघन गर्ने चालकहरुलाई नियम अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने बताइएको छ । कुनै आपत्तकालिन अवस्थामा र्हन बजाउन छुट दिइने तर जथाभावि रुपमा र्हन बजाउने कार्यलाई भने निरुत्साहित गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
फुटपाथले हैरान ट्राफिक

मेची अञ्चलकै प्रमुख सहरको रुपमा रहेको विर्तामोडमा सडक किनारमा रहेका फुटपाथ हटाउने सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक राजनीतिक दल, वाणिज्यसंघ, नगरपालिका तथा सरोकारवाला निकायलाई आग्रह गर्दा पनि उनीहरुको बेवास्ताका कारण ट्राफिक प्रहरीलाई हैरान भएको छ ।

पैदलयात्रीले सहजरुपमा सडक किनारमा हिडडुल गर्न नपाउदा दुर्घटना बढ्ने चिन्ताले दिनरात सताउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीले बताए ।
के छ कानुनमा ?
ट्राफिक प्रहरीले सवारी ब्यवस्थापन तर्फ ३ प्रतिशत मात्र काम गर्नुपर्ने कानुनी ब्यवस्था भएपनि हाल ५० प्रतिशत भन्दा धेरै काम गर्नु परेको छ । राजश्वसंकलनमा मात्रै ध्यान दिने यातायात ब्यवस्था कार्यालयले सडकमा यातायतको ब्यवस्थापन नगर्नु, सडक विभागले सडकको दुरावस्थाको विषयमा ध्यान नदिनु, सम्बन्धित नगरपालिकाहरुले आफ्नो क्षेत्रको सडक तथा यातायात ब्यवस्थापनको विषयमा चासो नदिनुले गर्दा ३ प्रतिशत मात्र अधिकार पाएको ट्राफिकले सबै काम गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

ट्राफिक प्रहरी प्रमुख गिरी भन्छन्–कानुनमा ३ प्रतिशत छ तर ५० प्रतिशत काम हामी नै गर्छौ अझ दोष हामी माथि नै आउँछ ।
के–के गरे गिरीले ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको जिम्मेवारी सम्हालेको १५ महिनामा ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले सवारी ब्यवस्थापन, पैदलयात्रीलाई सहज हुने गरी ट्रष्ट ब्रिज, जेब्रक्रस, बस पकेट, बस स्टेण्डको ब्यवस्थापन, ८२ फिक क्लियर गर्नेकाम, होडिङ बोर्ड राखनेकाम, चालकसंग एक मिनेट, लगायतका विभिन्न काम गरेका छन् ।

उनकै पहलमा झापामा ट्राफिक ब्यवस्थापनमा आमुल परिर्वतन आएको विभिन्न सामाजिक क्षेत्रका अगुवाहरुको भनाई छ । गिरीले झापाका अधिकाशं विद्यालयमा पुगेर ट्राफिक नियमकोबारेमा सचेतना फैल्याउने काम समेत गरेका छन् ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर