Aamsanchar

बालक्लब स्तरीय प्रतियोगिता

Author Image
आइतवार, भदौ २५, २०७४

बिर्तामोड।

झापा गाउँपालिकाको ३ र ४का वासिन्दाले शिक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।
गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्य र बाल सञ्जालका अध्यक्ष डम्बर लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अभियान नेपालका लोकप्रिय खनाल, चन्द्रकला अधिकारी, बालमैत्री शासन स्थानीय समितिकी लक्ष्मी उप्रेती लगायतले बोलेका थिए ।
प्रतियोगितात्मक कार्यक्रममा १८ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए । जसमा नृत्यतर्फ शान्ति वाल क्लव पहिलो, विश्व ज्योति बाल क्लव दोस्रो र नवोदय बाल क्लव तेस्रो भएका थिए । गायनतर्फ दीक्षा भण्डारी पहिलो, सृजना तिवारी दोस्रो र सद्दाम अन्सारी तेस्रो भएका थिए । हिसाब दौडमा इसाद अन्सारी पहिलो भएका थिए ।
चकलेट दौडमा सन्दीप राजवंशी, अप्ताव अन्सारी र विश्वदीप राजवंशी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । हाजिरी जवाफतर्फ सनराइज पहिलो, चेतना दोस्रो र विश्वदीप तेस्रो भएका थिए भने बाल शान्ति क्लव सान्त्वना भएको थियो । कार्यक्रमको सञ्चालन अरुणकुमार गणेश र लोचनकुमार यादवले गरेका थिए ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर