Aamsanchar

वीरता जेसीजको जेसीज सप्ताह शुरु

Author Image
बुधवार, भदौ २८, २०७४

बिर्तामोड।


वीरता जेसीज बिर्तामोडको आयोजनामा बुधबारबाट जेसीज सप्ताह २०१७ शुरु भएको छ । जेसीज सप्ताहको उद्घाटन तथा उद्घोषण र नेतृत्व विकास विषयक प्रशिक्षण अर्जुनधारास्थित लक्ष्मी मावि लक्ष्मीपुरमा सम्पन्न भएको छ ।
जेसीज सप्ताह तथा तालिमको उद्घाटन प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष तथा समाजसेवी राजकुमार पोखरेलले गरेका थिए । वीरता जेसीजका अध्यक्ष सञ्जु भारतीको अध्यक्षतामा भएको कार्यक्रमका औचित्यमाथि प्रकाश पार्दै संयोजक एकराज गिरीले स्वागत गरेका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि लक्ष्मी माविका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ता, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, अर्जुनधारा जेसीजका अध्यक्ष प्रल्हाद ढुंगाना, नेपाल जेसीजका पूर्व उपाध्यक्ष प्रशान्त भण्डारी, वीरता जेसीजका पूर्व अध्यक्ष जितेन्द्र बस्नेतले मन्तव्य राखेका थिए । जनसम्पर्क अधिकारी विनोद पाण्डेले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव जीवन खड्काले गरेका थिए ।
उद्घोषण तथा नेतृत्व विकास प्रशिक्षणमा विद्यालयका ५० बढी विद्यार्थीको सहभागिता थियो । सहभागीलाई पत्रकार केशव भट्टराई र एकराज गिरीले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सीप प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि गुप्ता र प्रशिक्षण भट्टराईलाई वीरता जेसीजका अध्यक्ष भारतीले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले व्यक्तिको असीमित क्षमतालाई प्रस्फुटित गर्दै नेतृत्व विकासमा जेसीजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
जेसीज सप्ताह अन्तर्गत २९ गते भेट्रान फुटबल र जेसीज वन गोडमेल, ३० गते म्याराथुन दौड, ३१ गते रक्तदान, असोज २ गते दुर्घटना न्यूनिकरण महाअभियान र ३ गते संविधान दिवसमा दीप प्रज्वलनसहित जेसीज सप्ताहको समापन गरिने बताइएको छ ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर