Aamsanchar

एनआरएन युएईको राष्ट्रिय अधिवेशन

Author Image
शनिवार, भदौ ३१, २०७४

भरत शिवाकोटी
युएई ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको १५ सेप्टेम्बर २०१७ शुक्रबारका दिन दुबईको काल्टोन टावर होटलमा सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । युएईका लागि नेपालका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा टन्डनकी धर्मपत्नी कौशिला टन्डन, एनआरएन आइसिसीका अन्तर्राष्ट्रिय पदाधिकारीहरु तथा सदस्यहरु विशेष अतिथि रहेका थिए भने विभिन्न संघ–संस्था तथा राजनीतिक संगठनका प्रतिनिधिहरु लगायत अतिथीहरु रहेका थिए । कार्यक्रममा करिब ३०० प्रतिनिधिहरु तथा उदघाटन सत्रलाई सफल बनाउन विभिन्न स्थानहरुबाट नेपालीहरु एवम् पत्रकारहरुको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि युएईका लागि नेपालका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डन तथा विशेष अतिथि र सभापतिबाट संयुक्त रुपमा पानसमा दियो बालेर महाधिवेशन उद्घाटन गरे लगत्तै राष्ट्रिय गान गाएर कार्यक्रम अघि बढाइएको थियो ।
कार्यक्रमको खुल्ला सत्रमा उपाध्यक्ष रमेश श्रेष्ठ ले स्वागत मन्तव्य राखेका थिए भने एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरु एवं अन्य विभिन्न व्यक्तित्वहरु गरी करिब एक दर्जनले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । अधिवेशनको खुल्ला सत्रमा नै एनआरएन युएई लाई सहयोग पुर्याए वापत आइसिसीका उपाध्यक्ष कुमार पन्थ, सदस्यहरु गोपाल कडेंल,राकेश जैसवाल र भूपू उपाध्यक्ष तथा समाजसेवी मनोज गोर्खाली र अर्की सुचना सहयोगी दिपीका भण्डारी लाईसम्मान गरिएको थियो ।
कार्यक्रममा महामहिम राजदुत नेत्रबहादुर टन्डनले एनआरएन युएईले गरेका कामहरु सँगै नेपाली दुतावाससँग गरेको सहकार्यको प्रशंसा गर्दै महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा सम्पन्न पहिलो सत्रको कार्यक्रमको संचालन महासचिव दिपक खडकाले गरेका थिए ।
अधिवेशनको दोस्रो सत्रमा महासचिव दिपक खडका द्वारा प्रस्तुत २०१५–२०१७ को कार्य प्रगती विवरण,कोषाध्यक्ष वालकृष्ण अधिकारी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो भने संसोधित विधान समेत सर्वसम्मत पारित भएको थियो ।
विभिन्न संघ, संस्था तथा जातीय संगठनको समर्थनमा स्वतन्त्र प्यानल भएर अधिवेशनमा होमिएका अध्यक्षका प्रत्यासी सालिक सुवेदी र मुख्य राजनीतिक गठबन्धनको प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार रमेश श्रेष्ठ बीच सहमति नभएपछि अध्यक्ष सहितका ८ वटा पदहरु (३ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र २ आइसिसी सदस्य) का लागि निर्वाचन द्वारा चुनावी प्रतिस्पर्धा भएको थियो । राति अबेर प्राप्त जानकारी अनुसार अध्यक्षमा राजनीतिक गठबन्धनबाट रमेश श्रेष्ठ १६३ मत प्राप्त गरेर एनआरएन युएईको अध्यक्षमा विजयी भएका छन भने उनका प्रतिस्पर्धी सुवेदीले १०८ मत प्राप्त गरेका थिए ।अध्यक्षका उम्मेदवार द्वय मध्ये रमेश श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएन) युएईको निवर्तमान उपाध्यक्ष समेत हुन भने सालिक सुवेदी सामाजिक व्यक्ति, व्यवसायी एवं एनआरएन युएईका निवर्तमान सल्लाहाकार सदस्य समेत हुन ।
तीन उपाध्यक्षका लागि भएको निर्वाचन प्रतिस्पर्धामा राजनीतिक गठबन्धनबाट नेत्र प्रसाद शर्मा २४३ मत ल्याएर विजयी भएका छन भने बालकृष्ण मरासिनीले १७७ मत र निर्मल कुमार पोखरेलले १६० मत प्राप्त गरेर विजयी बनेका छन ।उपाध्यक्षमा पराजय भएका लक्ष्मण श्रेष्ठले ८२ मत र नर बहादुर सेनले ९० मत प्राप्त गरेका थिए । एक महासचिव पदका लागिराजनीतिक गठबन्धनबाट कृष्ण पौडेल १७२ मत प्राप्त गरेर विजयी भएका छन भने अर्का महासचिवका उम्मेदवार निश्चल तिर्थ दाहाल ९७ मत प्राप्त गरेर पराजय भएका छन ।यसैगरी कोषाध्यक्षमागठबन्धनकै राजु केसी १७३ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी बालकृष्ण अधिकारीले ९५ मत प्राप्त गरेका थिए ।
१ हजार पंजीकृत सदस्य बराबर १ आईसीसी सदस्य हुने प्रावधान अनुसार युएईबाट २ जना अन्तर्रास्ट्रिय (आईसीसी) सदस्यका लागि चित्र बहादुर केसी, ठाकुर प्रसाद ढुंगाना र नेत्र थनेत गरि तिन जनाको बिचमा चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा गठबन्धनबाट ठाकुर प्रसाद ढुंगाना २०६ मत र चित्र बहादुर केसी १७६ मत ल्याएर विजयी बनेका छन भने नेत्र थनेतले ९७ मत प्राप्त गरेका थिए ।
तिन मुख्य राजनीतिक पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका प्यानलबाट उम्मेदवार भएका अधिकांश व्याक्तिहरु अधिवेशन अगावै निर्विरोध निर्वाचित भएका थिए । यसरी निर्विरोध निर्वा्चित हुनेहरुमा एनआरएन युएई महिला संजाल प्रतिनिधीमा मोती राई, सचिवमा राजेश बोहोरा र मिलन बहादुर गुरुङ, युवा संजाल प्रतिनिधीमा नविन पौडेल रहेका छन भने सदस्यहरुमा क्रमशः विदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुली, ओमप्रसाद उप्रेती, शमसेर योञ्जन, राजन खतिवडा, धर्मेन्द्र गोहिबार, जीवन दास, केशव शर्मा नेपाल, दुर्गाप्रसाद काफ्ले, तोरणदत्त सुवेदी, टकबहादुर गुरुङ र लछुमन काफ्ले रहेका छन ।
सामान्यतया २१ सदस्य एनआरएन युएई निर्वाचित हुदै आएकोमा यसपटक विधानको अधिकारलाई प्रयोग गर्दै वस्तुगत स्थितिलाई समन्वय र निर्वाचनको कार्यक्रमलाई दृस्टिगत गरेर दुइ सदस्य थपेर २३ सदस्य समिती बनाइएको जानकारी निर्वाचन समितीका सदस्य त्रिलोचन कोइरालाले जानाकारी दिएका छन ।
स्मरण रहोस् २३ सदस्य एनआरएन युएई निर्वा्चित हुँदा महिला संजाल प्रतिनिधीमा मोती राई वाहेक अरु कोहिपनि महिला रहेका छैनन । मोती राई एक सफल व्यवसायी तथा एमाले संगठन प्रवासी नेपाली मंचकी उपाध्यक्ष समेत थिइन ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर