Aamsanchar

बीएण्डसीले प्रमिलालाई बचायो

Author Image
शनिवार, भदौ ३१, २०७४

झापा,

फोक्सोमा निमोनिया भएर गम्भिर बिरामी परेकी एक महिलालाई झापाको विर्तामोड स्थित बीएण्डसी टिचिङ हस्पिटलले बचाउँन सफल भएको छ ।
झापाको हल्दीबारी गाँउपालिकाकी २७ वर्षिया प्रमिला मगरलाई चिकित्सकहरुको अथक प्रयासका कारण बचाउन सफल भएको उनको परिवारले जनाएको छ । गत भदौ १३ गते हस्पिटलमा भर्ना गरिएकी प्रमिलालाई फोक्सोमा निमिोनिया भएको र देब्रेपट्टिको भागमा पुरै खराब भएको र बाच्ने सम्भावना ज्यादै कम भएपनि दक्ष चिकित्सक,अत्याधुनिक उपकरण र परिवारको सहयोगका कारण प्रमिलालाई बचाउन सफल भएको उपचारमा संलग्न डा. राजु श्रेष्ठले जानकारी दिए ।

हस्पिटलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर श्रेष्ठले भने–प्रमिला गर्भवती रहेकी रहेछिन पेटमा ५ महिनाको बच्चा हामीले दुवै जनालाई बचाउनु पर्ने औषधी सञ्चालन गर्दा पनि बिचार पु¥याउनुपर्ने अत्यन्त जटिल अवस्थामा दुवै जनालाई बचाउन सफल भयौं ।
आफ्नी श्रीमतीलाई बचाएर बीएण्डसीले कहिल्यै नभुल्ने गुन लगाएको उनका श्रीमान अरुण प्रधानले बताए । श्रीमतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगीएको जानकारी दिए । उपचारमा डाक्टर श्रेष्ठ सहित डाक्टर दोजेन्द्र बस्नेत, सुनिल शाह लगायतको टोली सहभागि भएको अस्पतालका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर