Aamsanchar

आजबाट पूर्वमा र्हन निषेध/जथाभावी हर्न बजाउदै हुनुहुन्छ कारबार्हीमा परिएला ?

Author Image
शनिवार, भदौ ३१, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड,

झापा सहित पूर्वका १६ जिल्लामा असोज १ गतेदेखि आजदेखि हर्न निषेध गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरीको निर्देशनमा यो अभियानलाई आजबाट सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम ल्याइएको गिरीले बताए । जथाभावी हर्न बजाएर बजार र बाटोलाई थप कोलाहल बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ नियम ल्याइएको उनको भनाई छ । पहिलो चरणमा शहरी क्षेत्रमा र्हन बजाउन निषेध गरिने बताइएको छ ।
झापाका कांकरभिट्टा, धुलाबारी, चारआली, बुधबारे, शनिश्चरे, बिर्तामोड, सुरुङ्गा, दमक, चन्द्रगढी, भद्रपुर लगायतका स्थानमा निश्चित एरिया भित्र र्हन निषेध गरिने ट्राफिक प्रहरी प्रमुख गिरीले जानकारी दिए । उनले भने अब जथाभावी रुपमा र्हन बजाएर बजारलाई कोहाल बनाउने प्रवृत्तिको अन्त्य गर्दै शान्त शहरको रुपमा परिचित गर्न ट्राफिक प्रहरीले यो अभियान सञ्चालन गर्न लागेको छ ।
मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाको पश्चिममा बिर्ता सिटी हस्पिटल जानेबाटो देखि पूर्वमा सुगम पेट्रोल पम्पसम्म दक्षिणमा एक किलोमिटरसम्म तथा उत्तरमा महानन्द चोकसम्म र्हन निषेध गरिने बताइएको छ । उक्त स्थानमा गुड्ने निजी ,सार्वजनिक र पर्यटकिय कुनै पनि सवारीसाधानले जाथाभावी हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने ट्राफिक प्रहरी प्रमुख गिरीले जानकारी दिए ।
दुर्घटना हुँदैन भन्ने भ्रममा विद्यालय, अस्पताल जस्ता संवेदनशिल क्षेत्रमा पनि जथाभावी हर्न बजाउँदा चालकहरुले झन लापरबाही गरेकोले रोक्न भन्दै नयाँ नियम ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।
कहाँ–कहाँ लागु हुन्छ हर्न निषेध ?

यो हर्न निषेधको नियम सबैतिर सबै अवस्थामा भने लागु नहुने जनाइएको छ । गिरीका अनुसार सिधा बाटोमा र अगाडिबाट सवारी साधन देखिने ठाउँमा मात्र निषेध गरिने छ । मोड, कर्नर र अगाडि र विपरीत दिसाबाट आएका सवारी देख्न नसकिने ठाउँमा भने हर्न बजाउन छुट हुने छ ।

त्यस्तै एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन् । नियम उलंघन गर्ने चालकहरुलाई नियम अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने बताइएको छ ।

कुनै आपत्तकालिन अवस्थामा र्हन बजाउन छुट दिइने तर जथाभावि रुपमा र्हन बजाउने कार्यलाई भने निरुत्साहित गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
के छ कानुनमा ?
ट्राफिक प्रहरीले सवारी ब्यवस्थापन तर्फ ३ प्रतिशत मात्र काम गर्नुपर्ने कानुनी ब्यवस्था भएपनि हाल ५० प्रतिशत भन्दा धेरै काम गर्नु परेको छ ।

राजश्वसंकलनमा मात्रै ध्यान दिने यातायात ब्यवस्था कार्यालयले सडकमा यातायतको ब्यवस्थापन नगर्नु, सडक विभागले सडकको दुरावस्थाको विषयमा ध्यान नदिनु, सम्बन्धित नगरपालिकाहरुले आफ्नो क्षेत्रको सडक तथा यातायात ब्यवस्थापनको विषयमा चासो नदिनुले गर्दा ३ प्रतिशत मात्र अधिकार पाएको ट्राफिकले सबै काम गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

ट्राफिक प्रहरी प्रमुख गिरी भन्छन्–कानुनमा ३ प्रतिशत छ तर ५० प्रतिशत काम हामी नै गर्छौ अझ दोष हामी माथि नै आउँछ ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर