बिर्तामोड,


मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्र झापाको बिर्तामोडमा नगरपालिकाले सडक विस्तार गर्न सुरु गरेपछि ब्यवसायीहरु विरोधमा उत्रिएका छन् । सडक अतिक्रमण गरेर सवारी पार्किङ गर्ने क्रमबढेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्देशन, संघीय इकाई प्रहरी कार्यालय मेची, बिर्तामोडनगरपालिका, सडक विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालले सडक विस्तारको कामलाई अघि बढाएका थिए ।
प्रमुख ब्यपारिक केन्द्रको रुपमा रहेको विर्तामोडको सडक विस्तार गरेपछि हनुमान सेन्ट्रल, तथा अन्य स्थानका सडक किनारमा सवारी पार्किङ गर्न पाउनुपर्छ भनेर ब्यवसायीले विकासको विरोध गरेका छन् । सडकको ८२ फिट क्लियर गर्दा सडकमा ब्यवसायीले सडकमा बुधबार बिहान साढे १० बजेदेखि एक घण्टा मुक्ति चोकमा बन्द गराएर विकासको विरोध गर्दै आफ्नो रबैया देखाएका हुन् ।
हनुमानसेन्ट्रलमा ब्यवसाय सञ्चालन गर्ने ब्यवसायीहरुको समुहले विरोध गर्दै विकासको विरोध गरेका हुन् । सडक विस्तार गर्नु आफैंमा राम्रो काम भएपनि ब्यवसायीले सडकमा बन्द गरेर आफ्नो रबैयादेखाएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।
यसरी भयो सहमति
सडक बन्द गराएर आफ्नो हर्कत देखाउन थालेपछि प्रशासनले हस्तक्षेप गर्ने संकेत पाए लगत्तै बन्दकर्ताहरु वार्तामा बसेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको वार्तामा स्थानीय प्रशासन, जनप्रतिनिधि र ब्यवसायी बीच सडक किनारबाट १० फिट सडक छाडेर सवारी पार्किङ्ग गर्ने सहमति भएको छ ।

चाडपर्वको अवधिसम्म उक्त स्थानहरुमा पार्किङ दिने सहमति भएको जनाइएको छ । वार्तामा विर्तामोड नगरपालिकाका वडानम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, निर्वमान अध्यक्ष बलराम कार्की लगायत केही ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसरी सुरुभयो विवाद
सडक विस्तारको सबै तिरबाट प्रशंसा भइरहेको समयमा हनुमान सेन्ट्रल अगाडी पार्किङ निषेध गरेपछि उक्त क्षेत्रमा ब्यवसाय गर्दै आएका ब्यपारीहरु पानी परेको बहाना बनाएर नागरपालिकाको काममा भाँजो हाल्न सडक बन्द गराउन अग्रसर भएका हुन् ।

उनीहरुले पाकिङ गर्न पाउनु पर्ने नगरपालिकाले सडकको बाटो छुट्टीएपछि ब्यवसायीहरु त्यसको विरोध गर्दै बन्दमा समेत उत्रिएका हुन् ।
के भन्छन् ब्यवसायीहरु ?
पाकिङकको समस्या समाधान नगरि सडक विस्तार गर्न नहुने विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । उनले आफुहरु सडक विस्तारको पक्षमा भएपनि पहिला पार्किङको समस्या समाधन गर्नुपर्ने धारणा ब्यक्त गरे ।
उनले वाणिज्य संघले बन्द र हड्ताल नगर्ने भन्दै आफुहरु बन्दको विरोधी भएको बताए । त्यस्तै विर्तामोड उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष बलराम कार्कीले पाकिङको समस्या समाधन गर्नु पर्ने विचार ब्यक्त गरे । उनले खाली स्थानमा पार्किङ गर्न पाउनु पर्ने बताए ।
लाखौंको संरचना बनाउने पार्किङ छैन
विर्तामोड नगरपालिमा निर्माण भएको हुनमान सेन्ट्रन्टलले पार्किङ नबनाउदाँ वर्षैदेखि सडक किनारमा सवारी पार्किङ गर्दै आएको पाइएको छ । सडक विस्तार गर्दा उक्त कुरा फेला परेपछि विभिन्न बहाना बनाएर उक्त स्थानका ब्यवसायीहरु कानुनकले निर्धारण गरेको खिलाप गर्दै सडकमा उत्रिएर आफ्नो हर्कत देखाएका छन् ।
सर्वसाधारणले गरे विरोध
पार्किङ गर्न नपाएको भन्दै सडकमा बन्द गराउदैं ब्यवसायीहरुले सडकमा हर्कत देखाएको भन्दै पैदलयात्रीले विरोध गरेका छन् । सडक विस्तार गर्नुको सट्टा सडक किनारमा पार्किङ गर्न पाउनु पर्छ भनेर विरोध गर्नुको कुनै अर्थ नभएको पैदलयात्री अम्रित राईले बताए ।
त्यस्तै पैदलयात्री अस्मिता बुढाथोकीले सडक विस्तारको कामलाई सबैले सर्मथन गरेर विर्तामोडलाई फराकिलो पर्नुको सट्टा विरोध गरेर ब्यवसायीहरुले आफ्नो संकुचित विचार लाद्न खोनेको बताइन् ।

