सप्तरी,

सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ ।

सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. २ को दलित महिला वडा सदस्यमा निर्वाचित भए लगत्तै जितको खुशीयाली साटासाट गर्ने क्रममा देवी खत्बेको निधन भएको हो ।
राजपा नेपालबाट उम्मेदवारी दिएर २ सय २५ मतसहित दलित महिला वडा सदस्यमा निर्वाचित भएको १० मिनेटमा नै हृदयघातका कारण उहाँको निधन भएको हो । बिहीबार बेलुकी २ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएलगत्तै खुशी साटिरहेका उहाँका मतदाता र कार्यकर्ता भने शोकमा परेका छन् ।-उज्यालोबाट

Views: 132

