Aamsanchar

मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले असोज ९ गते

Author Image
शुक्रवार, असोज ६, २०७४

झापा,


वन्डेज इन्टरनेश्ननल मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले आगामी असोज ९ गते दशैँको पञ्चमीका दिन हुने भएको छ ।

ग्राण्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.ली.ले जानकारी दिएको छ । झापा भरका ३० जना प्रतियोगिहरुले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुती राख्ने कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिनु भयो ।
३० प्रतियोगितलाई १ महिना बन्द शत्रमा राखि नेतृत्व, व्यक्तिव तथा क्षमता अबिभृद्धी सम्बन्धी तालिम दिइएको छ । दोस्रो संस्करणको प्रतियोगिताको ग्राण्ड फिनालेलाई कम्पनीले यस अघि गर्दै आएको कार्यक्रम भन्दा फरक र व्यवस्थित बनाइएको छ ।

यस पटक फिनालेमा डिजिटल साउण्ड सिस्टमका साथै एलइडी राखिने प्रबन्ध निर्देशक पुडासैनीले जानकरी दिनु भयो । प्रतियोगिताको ग्राण्ड फिनाले आदर्श व्यैंकक्वेटमा हुने छ । ग्राण्ड फिनालेबाट बिजयी हुने प्रतिस्पर्धीले ५० हजार नगदका साथ छात्रबृत्ती, फस्टरनर अप र सेकेण्ड रनरअपले नगद सहित छात्रबृत्ती र बिभीन्न अवसर प्राप्त गर्ने छन् ।

प्रतिस्पर्धीहरुको क्षमताको मुल्यांकन गर्न मिस नेपाल २००५ सुगारिका केसी र मिस्टर नेपाल २०११ आयुष्मान घिमीरे झापा आउने जानकारी समेत गरौदछौ ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर